बझाङमा फेरि गयो ५.३ म्याग्निच्युडको परकम्प

काठमाडौं । बझाङमा यही असोज १६ गते गएको भूकम्पपछि परकम्प जाने क्रम जारी छ ।

आज बिहान ११ बजेर ४५ मिनेट जाँदा सोही ठाउँलाई केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको परकम्प गएको छ ।

१६ गते दिउँसो २:४० मा ५.३ र ३ बजेर ६ मिनेट जाँदा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

उक्त भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । जिल्लाका व्यक्तिगत घर र सार्वजनिक भवनहरूमा क्षति पुगेको छ ।

१६ गतेको भूकम्पपछि लगातार परकम्प गइरहेका छन् । यो सबैभन्दा ठूलो परकम्प हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*