एसीसी प्रिमियर कपमा इरानमाथि नेपालको फराकिलो जित

काठमाडौं । इरानमाथि २७४ रनको फराकिलो जित निकाल्दै नेपालले यू–१९ एसीसी प्रिमियर कपमा विजयी सुरुवात गरेको छ ।

वाईएसडी (यूकेएम क्रिकेट ओभल) बाङ्गीमा पहिले ब्याटिङ गरेको नेपालले कप्तान देव खनालको शतकको मद्दतमा ३५३ को विशाल योगफल खडा गर्यो ।

जवाफमा इरानलाई ३०.४ ओभरमा सबै विकेट गुमाएर ७९ रनमा समेट्यो । उसका लागि ओपनर अमिर खोरासन्दले सर्वाधिक ३७ रन बनाए । २२ बल सामना गरेका उनले ५ छक्का र १ चौका प्रहार गरेका थिए ।

उनले पहिलो विकेटका लागि समन शेखीसँग ३६ रनको साझेदारी गरेका थिए । छैटौं ओभरको अन्तिम बलमा सुवास भण्डारीले पहिलो विकेटका रुपमा शेखीलाई ५ रनमा पभेलियनको बाटो देखाएपछि इरानको निरन्तर विकेट गुमायो ।

घातक बलिङ गरेका दीपेश कँडेलले ७ ओभरमा ४ रन खर्चिएर ३ विकेट लिए भने सुवासले ८.५ ओभरमा ६ रन खर्चिएर समान ३ विकेट हात पारे । हेमन्त धामी र आकाश चन्दको नाममा २–२ विकेट रह्यो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको सुरुवात भने निकै खराब थियो । ओपनर अर्जुन कुमाल शून्य र तेस्रो नम्बरमा आएका आकाश त्रिपाठी ३ रनमा आउट हुँदा नेपालको स्कोर १०र१ थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*