पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टिका लगाइदिने

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीका दिन शुभेच्छुक तथा सर्वसाधारणलाई टिका लगाइदिने भएका छन् ।

शाहको संवाद सचिवालयले एक विज्ञप्ति जारी गर्दै पूर्वराजा शाह र कोमल शाहले निर्मल निवासमा अपराह्न चार बजेदेखि टिका लगाइदिने जानकारी दिएको हो ।

आगामी कार्तिक ७ गते विजयादशमी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*