सार्वजनिक सवारी साधनमा टाइम कार्ड लागू

हेटौंडा । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले चाड–पर्वलक्षित गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक सवारी साधनमा टाइम कार्ड लागू गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले मंगलबारबाट टाइम कार्ड लागू गरेको ट्राफिक प्रहरीले जारी गरेको सूचनामा अल्लेख छ ।

ट्राफिक प्रहरी कार्यालय मकवानपुरका अनुसार चुरियामाई– हेटौंडा बसपार्क, मनहरी हुँदै चितवन जाने सार्वजनिक यात्रुवाहक सवारी साधनहरुमा अनिवार्यरुपमा टाइम कार्ड लागू भएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा टाइम कार्ड लागू भएको हो ।

सो रुटमा चल्ने यात्रुवाहक सवारी साधनलहरुले अनिवार्य टाइम कार्ड लिनुपर्ने व्यवस्था गरिएको सूचनामा जनाइएको छ । टाइम कार्ड नलिई सवारी चलाएमा यातायात व्यवस्था ऐन, नियमबमोजिम कारवाही हुनेसमेत प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*