जाजरकोटमा भूकम्प जादा हालसम्म १२९ जनाको मृत्यु, १४० घाइते

काठमाडौं । पश्चिम नेपालमा शुक्रबार राति गएको भूकम्पमा परी हालसम्म १२९ जनाको मृत्यु भएको छ ।

शनिबार बिहान साढे ८ बजेसम्मको तथ्यांकअनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३७ गरी १२९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भइ ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । जाजकोटमा भूकम्पका कारण ५५ जना घाइते भएका छन् भने रुकुम पश्चिममा अहिलेसम्म ८५ जना घाइते रहेको जनाइएको छ ।

घाइतेको अस्पतालमा उपचार भइरहेको छ भने अन्यको उद्धार कार्य जारी छ । भूकम्पबाट प्रभावित क्षेत्रको अवलोकनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल बिहानै जाजरकोट पुगिसक्नुभएको छ । क्षतिको पूर्ण विवरण भने अझै आउन सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*