इजरायलद्वारा ३९ प्यालेस्टिनी बन्दी रिहा

तेल अभिभ । हमासले इजरायली बन्धकहरूको समूहलाई रिहा गरेपछि ३९ प्यालेस्टाइनी बन्दी रिहा भएका छन्। २४ महिला र १५ किशोरहरूको समूहलाई बन्धक र बन्दी आदानप्रदानको एक भागको रूपमा रिहा गरिएको हो।

उनलाई इजरायलको कब्जामा रहेको वेस्ट बैंकको बेतुनिया चेकपोस्ट नजिक रिहा गरिएको थियो। कतारको मध्यस्थतामा कैदीहरूलाई रिहा गरिएको थियो ।

यसमा इजरायल र हमासबिचको द्वन्द्वमा चार दिनको विराम दिइएको छ । रिहा भएका कैदीहरूमाथि ढुङ्गा हान्नेदेखि हत्या प्रयाससम्मका अभियोगहरू छन्। तीमध्ये केही दोषी ठहर भइसकेका छन् भने केही मुद्दा चलिरहेका छन् ।

यसअघि हमासले १३ इजरायली बन्धकहरूलाई रिहा गरेको थियो। यी बन्धकहरूलाई राहत कार्यमा संलग्न रेडक्रसलाई सुम्पिएको थियो र इजिप्टसँगको गाजाको सिमानामा लगिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*