पूर्वराजा शाह बिर्तामोड पुगे

झापा – पूर्वराजा ज्ञानेन्द्र शाह बिर्तामोड आइपुगेका छन्। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अनावरणका लागि पूर्वराजा शाह शनिबार दिउँसो बिर्तामोड आइपुगेका हुन्।

सालिक अनावरण कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह शुक्रबार नै झापा आइपुगेका थिए।

उनलाई आज मेचीनगरस्थित होटल मेची क्राउनबाट हजारौँ मोटरसाइकलको र्‍यालीका साथमा स्कर्टिङ गरेर बिर्तामोडसम्म ल्याइएको हो। उनको स्वागतका लागि बिर्तामोडमा ठूलो संख्यामा सर्वसाधारण उपस्थित भएका छन्।

बिर्तामोडस्थित इकम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण पूर्वराजा शाहले गर्ने कार्यक्रम छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*