नेपाल सुपर लिगमा आज पोखरा थन्डर्स र ललितपर सिटी भिड्दै

काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग (एन.एस.एल) फुटबलमा बुधबार पोखरा थन्डर्सले ललितपर सिटी एफ.सीको सामना गर्नेछ ।

खेल आज साँझ साँढे ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ । दुवै टोली आज दोस्रो जितको खोजीमा हुनेछन् ।

ललितपुरले पहिलो खेलमा बुटवल लुम्बिनी एफ.सी.लाई २–० ले हराएको थियो भने पोखराले चितवन एफ.सी माथि १–० को जित निकालेको थियो ।

काठमाडौंमा जारी एनएसएल फुटबलमको दोस्रो संस्करणमा अहिलेसम्म दुई खेलबाट चार अंक जोडेको साविक विजेता काठमाडौं रेजर्स शिर्ष स्थानमा रहेको छ ।

मंगलबारको खेलमा काठमाडौंलाई चितवन एफ.सीले १–१ गोलको बराबरीमा रोकेको हो । यो बराबरीपछि चितवनले पनि अंक तालिकामा खाता खोलेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*