हेटौँडाको ‘जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्था लिमिटेड’ सम्मानित

मकवानपुर, १९ मंसिर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको ‘जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्था लिमिटेड’ उत्कृष्ट सहकारीका रुपमा सम्मानित भएको छ ।

जिल्ला समन्वय समितिको सोमबार सम्पन्न वार्षिक जिल्ला समिक्षाका कार्यक्रम २०८० अन्तर्गत सहकारीलाई मकवानपुर जिल्लामा सहकारी क्षेत्रमा उल्लेखनिय कार्य गरेकोमा सम्मान गरिएको हो । कार्यक्रममा सहकारीका अध्यक्ष बसन्तराज गौतमले सम्मान ग्रहण गरेका थिए ।

वि.सं. २०६६ सालमा स्थापना भएको सहकारीमा हाल ६ सय ९६ जना शेयर सदस्यहरु आवद्ध रहेका र सहकारीले सिमेन्ट बिक्री वितरण गर्दै आईरहेको संस्थाका व्यवस्थापक राजकुमार चौँलागाईले जानकारी दिए ।

बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाको प्रमुख आतिथ्य तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एका लाल श्रेष्ठ, प्रेम बहादुर पुलामी, प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाई, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजाल, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक अनिल कार्की, स्थानीय तहका प्रमुख, उपप्रमुख, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*