एनएसएलमा आज स्पोर्टीङ इलाम र पोखरा थन्डर्स भिड्ने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज स्पोर्टीङ इलामले पोखरा थन्डर्सको सामना गर्नेछ ।

खेल आज साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ । जारी लिगमा दुबै टोलीको यो चौथो खेल हो । पोखराले यसअघिका तीनमध्ये एक खेल जितेको छ भने दुईमा बराबरी गरेको छ । इमालले पनि एक खेल जित्दा दुई खेल हारेको छ ।

एनएसएल फुटबलमा मंगरबार वीरगञ्ज युनाइटेड र ललितपुर सिटीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

जारी लिगमा चार खेल खेलेको ललितपुरले एकमा जित र तीनमा बराबरी गर्दै ६ अंक जोडेको छ । हिजोको बराबरीसँगै ललितपुरले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ ।

जारी लिगमा तीन खेलबाट ७ अंक जोडेको धनगढी शीर्ष स्थानमा रहँदा चार खेलबाट ६ अंक जोडेको ललितपुर दोस्रो तथा ५ अंकसहित पोखरा तेस्रो स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*