एनएसएलमा आज पोखरा थन्डर्स र काठमाडौं रेजर्स भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा सोमबार पोखरा थन्डर्स र काठमाडौं रेजर्स भिड्दैछन् ।

दुवै टोलीको यो पाँचौ खेल हो । चार खेलबाट ८ अंक जोडेको पोखरा दोस्रो स्थानमा छ भने पाँच अंक जोडेको काठमाडौं छैटौं स्थानमा रहेको छ ।

आजको खेल जितेको खण्डमा पोखरा तालिकाको शीर्ष स्थानमा उक्लिनेछ । यसैगरि काठमाडौंले पनि आजको खेल जितेको अवस्थामा शीर्ष स्थानको ललितपुरसँग अंक बराबरी गर्नेछ ।

हिजोको खेलमा एफ।सी चितवनलाई ३–१ ले हराएको ललितपुर सिटी तालिकाको शीर्ष स्थानमा रहेको छ । ललितपुरको ५ खेलबाट ९ अंक छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*