हेटौंडामा जुनेटीक रोग नियन्त्रण सम्वन्धी सचेतना कार्यक्रम

हेटौंडा । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाको आयोजनामा जुनेटीक रोग नियन्त्रणका लागि वन हेल्थ अप्रोज सम्वन्धी सचेतना कार्यक्रम आज हेटौंडामा भएको छ । मान्छेबाट पशुपन्छीमा र पशुपन्छीबाट मान्छेमा सर्ने यो रोग नियन्त्रणका लागि सबै क्षेत्रबाट लाग्नका लागि कार्यक्रमका सहभागिहरुले सुझाब दिएका छन् ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डाक्टर गौरीमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका भरत बिडारी, कृषि विकास निर्देशनालय हेटौंडाका प्रमुख सुधिर श्रेष्ठ, स्वास्थ्य निर्देशनालय हेटौंडाका निमित्त निर्देशक डाक्टर नविन दर्नाल, भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र चितवनका शुशील केसी लगायतकाको उपस्थिती रहेको थियो ।

कार्यक्रममा यस रोगका बिषयमा पशुपन्छी निर्देशनालयका डाक्टर सविना मिश्रले प्रस्तुतीकरण गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*