अब हेटौंडामा पानीको महसुल अनलाइनबाटनै भुक्तानी

हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका खानेपानीका उपभोक्ताहरुले पानीको महसुल अब अनलाइनबाटनै भुक्तानी गर्नका लागि सहज भएको छ । खानेपानी व्यावस्थापन बोडमा आवद्ध भएका उपभोक्ताहरुले अब देखि पानीको महसुल अनलाइनबाट भुक्तानी गर्नका लागि सहजता भएको छ ।

हेटौंडा उपमहानगर भित्र रहेको खानेपानी ब्यबस्थापन बोर्ड कार्यालय हेटौंडामा खानेपानीको महसुल एनएमवी बैंक मार्फत अनलाइनबाटै भुक्तानी गर्ने सहमति पत्रमा आज हस्ताक्षर समेत भएको छ ।

आम उपभोक्ताहरुलाई पानीको महसुल अनलाइनबाटनै भक्तानी गर्नका लागि आजबाट शुभारम्भ भएको हो । खानेपानी बोर्डका अध्यक्ष प्रताप विष्टको अध्यक्षता तथा हेटौंडा उपमहानगरको मेयर मिना लामाके प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा इ एनएमबि एपको उद्धघाटन गरिएको हो । उक्त एप मार्फत खनेपानि उपभोक्ताहरुले आफुलाई पाएक पर्ने समयमा सहजै बिल भुक्तानी गर्न सकिने भएको छ ।

कार्यक्रममा मेयर कुमारी लामाले स्थानिय सरकारले नागरिकहरुलाई अरु केही दिन नसके पनि उपभोग्य खाने पानी दिन सक्नुपर्ने बताउनुभयो । अनलाइन मार्फत इ एनएमबि एपको उद्धघाटन गर्दै उहाँले बिभिन्न स्थानमा खानेपाीकै निमित्त लडाइ समेत भइरहेको अवस्था भएसंगै पानीका स्रोेत, मुहान, खोलानाला सुक्दै गईरहेको बेलामा पानीको संरक्षण गर्दैउपभोग योग्य बनाउने तर्फ लाग्नुपर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*