दियालो बचतको शेयर पुँजी ६२ लाख ५३ हजार ५ सय
हेटौंडा–३ मा रहेको दियालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौँ वार्षिक साधारणसभामा आज सम्पन्न भएको छ । ८ सय ७८ जना शेयर सदस्य आबद्ध रहेको सहकारीको शेयर पुँजी ६२ लाख ५३ हजार ५ सय रुपैयाँ रहेको छ ।
शनिबार भएको संस्थाको नवौँ वार्षिक साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सचिव दिपक शिवाकोटीले आर्थिक वर्ष २०७८/७९ मा सहकारीको शेयर पुँजी ६१ लाख ४ हजार ५ सय रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७९/०८० मा सहकारीको शेयर पुँजी ६२ लाख रुपैयाँ पु¥याएको बताए । संस्थाका अध्यक्ष दिपक बर्तौलालाई पितृ शोक परेकोले गर्दा संस्थाको वार्षिक प्रगति प्रतिवेदन शिवाकोटीले प्रस्तुत गरेका थिए ।
संस्थाका उपाध्यक्ष भवानी बस्ताकोटीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्ष कल्पना श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाका कोषाध्यक्ष पशुपति नहर्कीले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा समितिका संयोजक पुरुषोत्तम न्यौपानेले प्रस्तुत गरेका थिए । संस्थाको कुल कर्जा लगानी २ करोड ७५ लाख ५ हजार ८ सय ८५ रुपैयाँ रहेको छ भने कुल बचत ३ करोड २५ लाख ४७ हजार ५ सय ६४ रुपैयाँ रहेको व्यवस्थापक हरीशरण पाठकले जानकारी दिए ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता तर्फ पशुपति रुवाली, असल बचतकर्ता सिमा घलान, असल ऋणीमा माइलीमाया स्याङतान, उत्कृष्ट दुग्ध कृषक सलिना गौतम, ज्येष्ठ शेयर सदस्य महिला भगवती देवी खनाल र दिपबहादुर नेगी सम्मानित भएका छन । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ का सदस्य सविना विडारी, पूर्व वडा अध्यक्ष रामकुमार पुडासैनी, मनकामनामाई बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरिवंश भेट्वाल लयायतको आतिथ्यता रहेको थियो ।