गुरुङ समुदायले तमु ल्होसार भव्यरुपमा मनाउँदै
हेटौंडा । मकवानपुरका गुरुङ समुदायले तमु ल्होसार भव्यरुपमा मनाउँदै छन् । आज हेटौंडामा बिभीन्न कार्यक्रम समेत गरेर यो पर्ब मनाउन लागिएको हो । आज तमु ल्होसार, गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन छ ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।
यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाउने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको छ। पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।