हेटौंडामा लागुऔषध गाँजासहित एक जना पक्राउ

हेटौंडा । लागुऔषध गाँजासहित मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उप–महानगरपालिका–२३ का ३० वर्षीय रियाज देवान रहेका छन् ।

शनिबार राति हेटौंडा–१५, रातोमाटेस्थित पूर्व–पश्चिम सडकखण्डमा खटिएको प्रहरी चेकिङ टोलीले पथलैयातर्फ जाँदै गरेको बीआर १ पीबी ३३१४ नम्बरको भारतीय सुमोलाई शंका लागि सुरक्षाजाँच गर्ने क्रममा लागुऔषध फेला पारेको थियो ।

सुमोमा लुकाईछिपाई राखेको अवस्थामा १५ केजी लागुऔषध गाँजा फेला पारी सुमो चालक देवानलाई प्रहरीले नियन्त्रणमा लिएको हो । चालक देवानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*