हेटौंडा–११ मा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु, तीन जना घाइते

हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर–११ थानाभर्याङ स्थित पूर्व पश्चिम सडकखण्डमा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । अरु तीन जना घाइते भएका छन् ।

हेटौडा बजारबाट तर्फ बाट नवलपुर तर्फ जादै गरेको ना ४३ प २२२ नम्बरको मोटरसाइकलले पीटी दौडिदै गरेका डडेलधुरा आलिताल गाउँपालिका ६ घर भई बागमती प्रदेश प्रहरी गण हेटौडामा कार्यरत २५ वर्षिय प्रहरी जवान बिनोद एडी लाई ठक्कर दिदा घाईते भई उपचारको लागी हेटौडा अस्पताल तर्फ पठाएकोमा उनलाई डाक्टरले मृत घोषणा गरेका थिए ।

यही घटना पश्चात मोटरसाइकल समेत अनियन्त्रित भई पल्टदा चालक हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ हुप्राचौर बस्ने ४१ वर्षिय लक्ष्मण लामा घाइते भएका छन् । उनको टाउको र हातमा चोट, हेटौडा अस्पताल बाट नया मेडिकल कलेज चितवन थप उपचारको लागि पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।

सोही घटनामा प्रहरी गणमा कार्यरत प्रहरी जवान नवराज सार्की दायां हातमा चोट अबस्था सामान्य र प्रहरी जवान बिजय खत्री बायां खुट्टा बायां हातमा भित्रि चोट रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*