आज मतदाता नामावली प्रकाशन गरिँदै

काठमाडौं । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले आज मतदाता नामावली प्रकाशन गर्दैछ ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुने व्यवस्था छ ।

पछिल्लो राष्ट्रिय जनगणनाअनुसार कूल जनसंख्यालाई आधार मानेर आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि नयाँ मतभार कायम गरेको छ ।

जसअनुसार प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ तोकिएको छ । यसअघि प्रदेश सभा सदस्यको मतभार ४८ थियोभने प्रमुख–उपप्रमुखको १८ थियो ।

शुक्रबार बिहान १० बजेदेखि ११ बजेभित्र मतदाता नामावली प्रकाशन गरिनेछ भने दावी विरोधको उजुरी दिन ११ बजेदेखि दिउँसो ४ बजेसम्मको समय निर्धारण गरिएको छ ।

उक्त दावी विरोधउपर छानबिन गरेपछि आयोगले पुस २२ गते आइतबार अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ । यस्तै पुस २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*