पुस महिनामा ६५ हजार नेपाली वैदेशिक रोजगारीमा गए

काठमाडौं । पुस महिना मात्रै ६५ हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार पुस महिनामा ६५ हजार ८१३ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् ।

जसमा ५९ हजार ७२९ पुरूष र ६ हजार ८४ जना महिला रहेका छन् । ३४ हजार ४१५ जनाले श्रम स्वीकृति मात्रै लिएका छन् । जसमा ३० हजार ३१७ जना पुरूष र ४ हजार ९८ जना महिला रहेको विभागको तथ्यांकले देखाएको छ ।

गत आर्थिक वर्ष २०७९/८० को पुस महिनामा ६५ हजार ४६४ जना विदेशीएका थिए । त्यसरी जानेमा सबैभन्दा बढी यूएई पुगेका छन् । यूएइका लागि १६ हजार ३८५ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा १३ हजार ८६० पुरूष र २ हजार ५२५ जना महिला रहेका छन् । त्यसपछि साउदी अरेबिया पुगेका छन् ।

जहाका लागि १४ हजार ३०७ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा १४ हजार २१५ जना पुरूष छन् भने ९२ जना मात्रै महिला छन् । त्यस्तै कतारमा १४ हजार १८ जना गएका छन् । जसमा १३ हजार १३५ पुरूष र ८८३ महिला रहेका छन् । त्यस्तै मलेसिया ८ हजार ९१, कुवेत ३ हजार ५१८, कोरिया १ हजार ४२५, जापान १ हजार १९९ जना गएको विभागको तथ्यांकले देखाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*