मकवानपुरगढीको विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ स्थित बुद्धधर्म आधारभूत विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रगति विवरण शिक्षकहरुले अभिभावकहरुसामु प्रस्तुत गरेका थिए । विद्यार्थीहरुको प्रगति विवरण र शैक्षिक अवस्था अभिभावकलाई नै देखाएर सुझाव दिने र लिने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।

मकवानपुरगढी गाउँपालिकाका प्रमुख दोर्जे स्याङ्तानको उपस्थितिमा संचालित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षकशिक्षिका, विद्यार्थी र अभिभावकहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*