निर्माण सामाग्री व्यवसायी संघको अध्यक्षमा पुनः बजगाई 

निर्माण सामाग्री व्यवसायी संघ मकवानपुरको १३ औं वार्षिक साधारण सभा तथा सातौं जिल्ला अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा पुनः बालकृष्ण बजगाई सर्वसम्मत निर्वाचित भएका छन् ।

संघको उपाध्यक्षमा सुदीप तिमल्सिना,महासचिवमा रोशन सापकोटा, सचिवमा सुबास दाहाल, कोषाध्यक्षमा उद्धव देवकोटा र सहकोषाध्यक्षमा राहुल जालान चयन भएका छन् । त्यसैगरी कार्यसमिति सदस्यहरु प्रदीप तिवारी, जीवन ढकाल, सुरेश अर्याल र अमित श्रेष्ठ रहेका छन् ।

कार्यक्रम मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, एसोसिएट तर्फको उपाध्यक्ष उज्ज्वल चौलागाई, बस्तुगत तर्फको उपाध्यक्ष राजु अधिकारी, निर्माण सामाग्री व्यवसायी संघ मकवानपुरका पूर्व अध्यक्ष मनोज जालान र रवि नेपाल लगायत अन्य संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । नवनिर्वाचित अध्यक्ष बजगाईले निर्माण व्यवसायिको हकहितको लागि आफु सदैब लागि पर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*