बागमती प्रदेशमा धान उत्पादन घट्यो
मकवानपुर । बागमती प्रदेशमा गत आर्थिक वर्षको तुलनामा यस वर्ष धान उत्पादन ४.०२ प्रतिशतका दरले घटेको छ । कृषि विकास निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार तुलनात्मक रुपमा प्रदेशको चितवन र मकवानपुरमा धान उत्पादन घटेको हो ।
बागमती प्रदेशमा धान उत्पादनतर्फ २५ प्रतिशत योगदान गर्ने जिल्ला चितवन र १५ प्रतिशत योगदान गर्ने मकवानपुरमा उत्पादन घट्दा समग्र प्रदेशको उत्पादन दरमा ह्रास आएको निर्देशनालयले जनाएको छ ।
बागमती प्रदेशका १३ जिल्लामा यस वर्ष १ लाख ४ हजार ८४९.७० हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा ४ लाख ३५ हजार ४२।६९ मेट्रिक टन उत्पादन भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । गत आर्थिक वर्ष (२०७९÷०८०) मा प्रदेशभर १ लाख १५ हजार ९५ हेक्टरमा धान खेती हुँदा ४ लाख ६७ हजार ७०५।५१ मेट्रिक टन उत्पादन भएको थियो ।
चितवनमा यस वर्ष २० हजार ८११.७० हेक्टर जमिनमा ८१ हजार १६५।६३ मेट्रिक टन धान उत्पादन भएको छ । गत आर्थिक वर्षको अनुपातमा चितवनमा १९.३४ प्रतिशतका दरले धान उत्पादन घटेको हो । गत आर्थिक वर्ष चितवनमा २२ हजार ८८० हेक्टरमा धान खेती हुँदा एक लाख ६२८ मेट्रिक टन उत्पादन भएको थियो ।
मकवानपुरमा गत आर्थिक वर्षको तुलनामा १२.३७ प्रतिशत धान उत्पादन घटेको छ । यस वर्ष मकवानपुरमा १० हजार ६३८ हेक्टर जग्गामा धान खेती भएकोमा ३९ हजार ३६०।६० मेट्रिक टन उत्पादन भएको छ । गत आर्थिक वर्ष ११ हजार ८२० हेक्टरमा धान खेती गर्दा ४४ हजार ९११ मेट्रिक टन उत्पादन भएको थियो ।
यता सिन्धुलीमा यस वर्ष ११ हजार १८८ हेक्टर खेतमा धान खेती गर्दा ४० हजार ५७२ मेट्रिक टन उत्पादन भएको छ । गत आर्थिक वर्षमा सिन्धुलीमा १२ हजार ४८४ हेक्टर जग्गामा ४२ हजार ८९९ मेट्रिक टन उत्पादन भएको थियो । तुलनात्मक रुपमा सिन्धुलीमा यस वर्षभन्दा गत आर्थिक वर्षमा ५.४२ प्रतिशत बढी धान उत्पादन भएको छ ।
निर्देशनालयको तथ्याङ्क अनुसार धादिङमा गत आर्थिक वर्षको तुलनामा यस वर्ष ५.३७ प्रतिशत धान उत्पादन घटेको छ । धादिङमा गत आर्थिक वर्ष ११ हजार ५७६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा ४५ हजार ९५६।७२ मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष ११ हजार १५९ हेक्टरमा खेती गर्दा ४३ हजार ४८९.६० मेट्रिक टन उत्पादन भएको छ ।
काभ्रेमा ८ हजार ५९० हेक्टर जमिनमा धान खेती भएकोमा ३३ हजार ४९९ मेट्रिक टन उत्पदान भएको छ । गत वर्ष काभ्रेमा ९ हजार ३४५ हेक्टर जमिनमा धान खेती गर्दा ३५ हजार ५११ मेट्रिक टन उत्पादन भएको थियो । गत वर्षको तुलनामा काभ्रेमा ५।६७ प्रतिशतले धान उत्पादन घटेको हो ।
त्यस्तै रामेछापमा ७ हजार ९४५ हेक्टर जमिनमा धान खेती भएकोमा २६ हजार १९८ मेट्रिक टन उत्पदान भएको छ जबकि, गत आर्थिक वर्ष ८ हजार ८०४ हेक्टर जमिनमा धान खेती गर्दा २७ हजार २८।२८ मेट्रिक टन उत्पादन भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा रामेछापमा ३।०७ प्रतिशतले धान उत्पादन घटेको हो ।
दोलखामा २ हजार ८१४ हेक्टर जमिनमा धान खेती भएकोमा ७ हजार ५१४ मेट्रिक टन उत्पदान भएको निर्देशनालयले जनाएको छ । दोलखामा गत आर्थिक वर्षको तुलनामा १.९१ प्रतिशतले धान उत्पादन घटेको छ । गत आर्थिक वर्ष दोलखामा २ हजार ९०१ हेक्टर जमिनमा धान खेती गर्दा ७ हजार ६८७।६५ मेट्रिक टन उत्पादन भएको थियो ।
त्यसैगरी नुवाकोटमा ११ हजार ६१२ हेक्टर जमिनमा धान खेती भएकोमा ४७ हजार ६१२ मेट्रिक टन उत्पदान भएको छ । नुवाकोटमा गत आर्थिक वर्षको तुलनामा ०.५४ प्रतिशतले धान उत्पादन घटेको छ । नुवाकोटमा गत आर्थिक वर्ष ११ हजार ६१२ हेक्टर जमिनमा धान खेती गर्दा ४७ हजार ८७० मेट्रिक टन उत्पादन भएको थियो ।
रसुवामा १ हजार ९३ हेक्टर जमिनमा धान खेती भएकोमा ३ हजार ६२ मेट्रिक टन उत्पादन भएको छ । रसुवामा गत आर्थिक वर्षको तुलनामा ०।१० प्रतिशतले धान उत्पादन घटेको छ । रसुवामा गत आर्थिक वर्ष १ हजार ९३ हेक्टर जमिनमा धान खेती गर्दा ३ हजार ६५ मेट्रिक टन उत्पादन भएको थियो ।
भक्तपुरमा गत आर्थिक वर्षकै अनुपातमा यस वर्ष धान उत्पादन भएको छ । यस वर्ष भक्तपुरमा ३ हजार ७१९ हेक्टर क्षेत्रफलमा २२ हजार ३५१.१९ मेट्रिक टन धान उत्पादन भएको छ भने गत आर्थिक वर्षमा सोही क्षेत्रफलको जमिनमा गरिएको धान खेतीमा समान परिमाणमा उत्पादन भएको निर्देशनालयले जनाएको छ ।
काठमाडौँमा पनि गत आर्थिक वर्षकै अनुपातमा धान उत्पादन भएको निर्देशनालयको तथ्याङ्क छ । काठमाडौँमा यस वर्ष र गत वर्षमा ५ हजार ९२६ हेक्टरमा गरिएको धान खेतीमा ३५ हजार ७९३.०४ मेट्रिक टन उत्पादन भएको छ ।