बकैयामा बाघको आतंकः १९ वटा खसी–बाख्रा मार्‍यो

हेटौंडा । मकवानपुरका घना जंगल वरपरका वस्तीहरुमा हरेक वर्ष बाघ, जंगली हात्ति र गैडाको आतंकले स्थानीय वासिन्दाहरु हैरान छन् । यो वर्ष धेरै जसो मकवानपुरको मनहरीका वासिन्दाहरुले जंगली जनावरको आतंक बेहोर्नुपर्यो । जंगली जनावरका कारण मानविय क्षती पनि भएको छ ।

खेतबारीमा लगाएका बाली पनि उत्तिकै नोक्सान भएको छ । अहिले फेरी मकवानपुरमा बाघको आतंक सुरु भएको छ । जिल्लाको पूवि क्षेत्र बकैयामा बाघले १९ वटा खसी–बाख्रा मारेको छ ।

मकवानपुरको बकैया गाउँपालिकामा बाघले स्थानीयका १९ वटा खसी बाख्रा मारेको छ । बाघले बकैया–६, सुधास्थित स्थानीयका खसी बाख्रा मारेको हो ।

स्थानीय कृषकका तीन घरको १९ वटा खसी बाख्रा बाघले मारेको बकैया–६ का वडाध्यक्ष फूलमान भोम्जनले बताउनुभयो । जसबाट लाखौं रुपियाँ बराबरको नोक्सान भएको उहाँले बताउनुभयो ।

आइतबार घर नजिकै पाखामा चराउन छोडेको स्थानीय तीन कृषकका १९ वटा खसीबाख्रा बाघले मरेको हो । वडाध्यक्ष भोम्जनका अनुसार स्थानीय डम्बरबहादुर बोम्जनका ११ वटा, कान्छिमाया भोम्जनको ५ र गंगाराज भोम्जनको ३ वटा बाख्रा बाघले मारेको अवस्थामा फेला परेको हो ।

बाघको आक्रमणबाट हालसम्म मानवीय क्षति भने नभएको तर साँझ परेपछि ओहोरदोहोर गर्न त्रास भएको भोम्जनको भनाइ छ । गत वर्ष पनि बाघले पशु मारेको उहाँले जानकारी दिनुभयो । दैनिक जीवन गुजाराका लागि वर्षौँदेखि पाल्दै आएका खसी बाख्रा बाघले मारिदिँदा स्थानीय चिन्तित बन्नुका साथै त्रसित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*