मकवानपुरमा सवारी दुर्घटनाबाट दुइ जनाको मृत्यु

हेटौंडा । मकवानपुरका दुइ स्थानमा भएका सवारी दुर्घटनामा दुइ जनाको मृत्यु भएको छ ।

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नं.२ गोलढुंङगारभर्याङडाडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नं.६ चौघडा बस्ने अन्दाजी ४५ बर्षीय राजेन्द्र पिठाकोटी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार हेटौंडा–फाखेल–काठमाडौ सडकखण्ड अन्तर्गत काठमाडौंबाट हेटौंडातर्फ आउदै गरेको बा ९० प ३६०४ नम्बरको मोटरसाइकल सोमबार अपह्रान्न ४ बजेर १५ मिनेटको समयमा सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो ।

सुरक्षाकर्मीको टोलीले मोेटरसाइकल चालक पिठाकोटीलाई करिब २०० मिटर तल भीरबाट गम्भीर घाइते भएको अवस्थामा उद्धार गरी उपचारका लागि हेटौंडा अस्पतालमा ल्याईएकोमा चिकित्सकले मृत घोषणा गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसैगरी हेटौंडा उपमहानगरपालिका वडा नं.१० रानीमहल अगाडी ई–रिक्सा९मयुरी०मा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक हेटौंडा उपमहानगरपालिका–९ एचआइडी बस्ने १९ बर्षीय प्रशान्त कुमार ठाकुर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार साँझ ६ बजेर ४५ मिनेटको समयमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत कर्रा पुलबाट फरेष्टीतर्फ आउँदै गरेको ना १ ह ३१२७ नम्बरको ई–रिक्सा दाहिने तर्फ मोडने क्रममा सोही दिशातर्फबाट आउँदै गरेको बागमती प्रदेश ०३–००५ प ६२०५ नम्बरको स्कुटर ई–रिक्साको पछाडी ठक्कर खाएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी स्कुटर चालक ठाकुर घाईते भई उपचारका लागि नँया मेडिकल कलेजमा लगिएकोमा सोमबार दिउँसो २ बजे ३६ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*