नेपाल १ सय ७२ रनमा अलआउट
काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाल १ सय ७२ रनमा अलआउट भएको छ ।
आईतबार कीर्तिपुर मैदानमा सुरुवाती ब्याटिङ्ग गरेको नेपाल ३ बल बाँकी छदै १ सय ७२ रनमा समेटियो ।
नेपालको इनिङ्समा कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाए ।
नेपालले ९४ रन जोड्नै सुरुवाती ६ विकेट गुमाईसकेको थियो । कुशल भुर्तेलले ६६ रन बनाएको इनिङ्समा आसिफ शेखले १७ रन जोडे । अनिल साह ७, कुशल मल्ल २, रोहित पौडेल १६, दिपेन्द्र सिंह ऐरी १ र भिम सार्की शुन्य रनमा पोविलियन फर्किए ।
आरिफ शेखले २२ रन जोड्दा करन केसीले २६ रन बनाए । गुलसन झा ५ रनमा आउट भए ।
नेदरल्याण्ड्सका विवियन किग्मा र आर्यन दत्तले समान तीन तीन विकेट लिए । बास डी लिडेले दुई विकेट लिदाँ रुलोफ वान डेरले एक विकेट झारे ।
नेपालले डब्लूसीएल लिग टूका सुरुवाती दुई खेल नामिबियासँग गुमाएको थियो भने नेदरल्याण्ड्समाथि जित निकालेको छ ।