हेटौँडामा मगर संघले खाना महोत्सव गर्ने
मकवानपुर । नेपाल मगर संघ मकवानपुरले हेटौँडामा खाना महोत्सव र साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
संघको ४२ औँ स्थापना दिवसको अवसरमा फागुन १५ गते हेटौँडा ४ स्थित हुप्रचौरमा हुने खाना महोत्सव र पहिरनहरु मगर जातिकै हुने मगर संघ मकवानपुरका अध्यक्ष सन्देश तुम्सिङ मगरले बताए ।
कार्यक्रमको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्नुहुने अध्यक्ष मगरले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहनेछ ।