नामिबियाविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत पहिलो खेलमा नामिबियासँग टस हारेको छ ।

टीयु क्रिकेट मैदानमा भएको टसमा नामिबियाका कप्तान जेजे स्मिथले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको हो । नेपालले टी–२० टोलीमा केही खेलाडी परिवर्तन गर्दा नामिबियाले आईसीसी विश्वकप लिग–२ को टोलीलाई निरन्तरता दिएको छ ।

लिग २ का दुवै खेलमा ४ विकेट र २ विकेटले नेपाललाई हराएको नामिबिया मनोबल उच्च छ । त्रिकोणात्मक सिरिजमा नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीच छन् ।

नेपालको प्लेइङ ११

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, अभिनाश बोहरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, विवेक यादव, गुल्शन झा र दीपेन्द्रसिंह ऐरी ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*