हङकङ टी-ट्वान्टी सिरिजको फाइनलमा नेपालको हार

कामाडौं । हङकङ टी ट्वान्टी सिरिजको फाइनल खेलमा नेपालले हार ब्यहोरेको छ ।

बुधबार नेपालले उपाधि भिडन्तमा पीएनजीसँग ८६ रनको हार ब्यहोरेको हो ।

पीएनजीले प्रस्तुत गरेको १ सय ७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलव ५३ बलमा ८५ रनमा अलआउट भयो ।
नेपालका कुनैपनि ब्याट्सम्यान फाइनल खेलमा चल्न सकेनन् ।

ओपनर बिनोद भण्डारी दोस्रो बलमा ४ रनमा बोल्ड हुदाँ कुशल मल्ल ५ रनमा पोविलियन फर्किएका थिए ।

रोहित पौडेल १२, गुलसन झा ६, विवेक यादव १, आरिफ शेख १५ र सन्दीप जोरा १७ रनमा आउट भए ।

पीएनजीका काबुआ मोरिया, सेमो कामिया, चाड सोपर, सेसे बाउले समान २ विकेट लिए । एली नाओले एक विकेट हात पारे ।

पहिले ब्याटिङ गरेको पीएनजीले ८ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो।

ओपनर टोनी उराले ६१ रनको इनिङ्स खेल्दै पीएनजीलाई राम्रो सुरुवात दिलाएका थिए । पुछारका एली नाओले अविजित ३० रनको योगदान गरे । १० बल खेलेका उनले ३ छक्का र १ चौकाको मदतले सो रन बनाए ।

हिरी हिरीले १४, हिला भारेले १८, चाड सोपरले १३ र किप्लिन डोरिगाले १४ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

नेपालका आकाश चन्द र कुशल भुर्तेलले समान ३ विकेट लिए । करन केसी र गुलसन झाको नाममा समान एक विकेट रह्यो ।

विश्वकपको तयारी स्वरुप टी ट्वान्टी सिरिज खेल्न नेपाल हङकङ गएको थियो ।

हङकङसँग पहिलो फ्रेन्डसिप टी ट्वान्टी कपमा पराजित बनेको नेपालले सिरिजको उपाधि भिडन्त समेत पीएनजीलाई सुम्पिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*