हेटौंडामा बिहान देखि निरन्तर रुपमा हल्का वर्षा

हेटौंडा । आज बिहान देखि हेटौंडामा निरन्तर वर्षा भइरको छ । वर्षाका कारण धेरैलाई राहत मिलेको भएपनि कामकाजका लागि हिँड्नुपर्नेहरु भने समस्यामा परेका छन् । आज बिहानै देखि परेको वर्षाका कारण धुम्म भएको र चिसो पनि केही बढेको छ ।

आज बिहानदेखि हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यस्तो अवस्था भोलिसम्म रहने सम्भावना छ ।

वर्षाका कारण कामकाजको लागि पैदल हिँड्नुपर्ने, साइकल तथा मोटरसाइकल चलाउनेहरु प्रभावित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*