गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा राजीनामा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री पाण्डेले आज बिहान प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा पत्र बुझाउनु भएको हो । नेकपा माओवादी केन्द्रले गत फागुन २३ मा गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेपाली काँग्रेसका सुरेन्द्रराज पाण्डको सरकार अल्पमतमा परेको थियो ।

अल्पमतमा परेको सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान भएपनि मुख्यमन्त्री पाण्डेले विश्वासको मत नलिएर पदबाट राजीनामा दिनुभयो । २०८० वैशाख १५ गते उहाँ मुख्यमन्त्री पदमा नियुक्त हुनुभएको थियो । केन्द्रको सत्ता समीकरणमा परिवर्तन भएपछि गण्डकी प्रदेशमा पनि यसको असर परेको हो ।

गण्डकी प्रदेशमा सरकार बनाउनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी निर्णायक तहमा पुगेको छ । ६० सदस्य रहेको गण्डकी प्रदेशमा काँग्रेसको २७ सिट, नेकपा एमालेको २२ सिट, माओवादी केन्द्रको ८ सिट छ । यस्तै राप्रपाको दुई सिट र स्वतन्त्र सांसद रहेका छन् । सरकार बनाउन गण्डकी प्रदेशमा ३१ सीट चाहिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*