मकवानपुरमा हराएका १४२ थान मोबाईल मोबाईल धनीलाई बुझाइयो

मकवानपुर । मकवानपुरका विभिन्न स्थानबाट हराएका १ सय ४२ थान मोबाईल फेला पारी मोबाईल धनीलाई बुझाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार विभिन्न मितिमा विभिन्न स्थानबाट हराएर खोजतलासका क्रममा पाईएका मोबाईलहरु फिर्ता गरिएको हो ।

प्रहरीका अनुसार मोबाईल हराएपछि रिपोर्ट दिएकाहरुको मोबाईल फिर्ता गरिएको हो । हराएका ती मोबाईलहरुका बारेमा दिइएको निवेदनलाई विभिन्न जिल्ला प्रहरी कार्यालयहरुमा परिपत्र गरेर पठाएपछि खोजतलासका क्रममा फेला पारिएको हो । ती मोबाईलहरु चितवन, काठमाडौँ जस्ता अन्य स्थानहरुमा चलाईरहेको पाइएको प्रहरीले जनाएको छ ।

आईफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, पोको, भेन्को लगायतका ब्राण्डका ती मोबाईलहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले कार्यालयमै मोबाईल धनीलाई बोलाएर फिर्ता गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*