नेपाललाई आयरल्यान्डले दियो १७५ रनको लक्ष्य
काठमाडौं– आयरल्यान्ड ए ले दोस्रो एकदिवसीय खेलमा नेपाल ए लाई १७५ रनको लक्ष्य दिएको छ ।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आयरल्यान्डले ३८.४ ओभरमा सबै विकेट गुमाउँदै १७४ रन बनाएको हो।
आयरल्यान्डका गेभिन होईले सर्वाधिक ५० रन बनाए। उनले ५९ बलमा ५ चौका र २ छक्का प्रहार गरे। उनले आठौँ विकेटका लागि लियाम म्याकार्थीसँग ५४ रनको साझेदारी गरे।
यस्तै, कप्तान नील रकले ३८ बलमा ३ चौकासहित ४४ रन बनाए।
लियाम म्यार्क्थी ३५ र पिटर मुरले १७ रन बनाउँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्। नेपालका रिजन ढकाल र शाहब आलमले ३-३ विकेट लिए।