माओवादीका महरालाई लुम्बिनीमा मुख्यमन्त्री बनाउन बहुमत सदस्यको दाबी पेश

दाङ । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको लागि बहुमत प्राप्त सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेश गरिएको छ ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री नियुक्तीका लागि बहुमत सदस्य ४४ जनाको हस्ताक्षरसहित पत्र बुझाइएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनलाई पत्र बुझाउन नयाँ राजनीतिक समिकरणमा सहभागी दल नेकपा एमाले संसदीय दलका नेता लीला गिरी, माओवादी केन्द्रका दल नेता जोखबहादुर महरा, जनता समाजवादी पार्टी (जसपा)नेपालका दल नेता भण्डारीलाल अहिर, नेकपा एकीकृत समाजवादीका दल नेता भगवती अधिकारी, स्वतन्त्र सांसद खड्ग बस्नेतसहित प्रदेशसभा सदस्यहरूको सहभागीता थियो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि नयाँ सरकार गठनको गृहकार्य सुरू भएको हो । एमालेका २९, माओवादीका १०, जसपाका ३, एकीकृत समाजवादी १ र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाको हस्ताक्षर बुझाइएको छ ।

माओवादीका महरा, एमाले संसदीय दलका नेता लीला गिरी, जसपाका भण्डारीलाल अहिर, एकीकृत समाजवादीकी दल नेता भगवती अधिकारी र नवलपरासी पश्चिम निर्वाचन क्षेत्रबाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य खड्ग बस्नेतले ७ बुँदे सहमती गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*