उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । उनले राजीनामा पत्रमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकाले जिम्मेवारीबाट राजीनामा दिएको उल्लेख गरेका छन् । यादव पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा २ महिना अघि उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए। यादवसँगै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*