जेठ १७ गतेदेखि २३ गतेसम्म हेटौंडामा विभिन्न कार्यक्रम गरी वातावरण दिवस मनाइने

मकवानपुर । टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरसपालिकाले ५२ औं विश्व वातावरण दिवस सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । आउदो जेठ १७ गतेदेखि २३ गतेसम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरी सप्ताहव्यापी रुपमा वातावरण दिवस मनाउन लागिएको टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले बताए ।

उनका अनुसार सप्ताहव्यापी कार्यक्रम अन्तरगत पहिलो दिन जेठ १७ गते हेटौंडा–१९ बस्तिपुरमा रक्तदान कार्यक्रम आयोजना गरिने छ । यस्तै दोस्रो दिन जेठ १८ गते फरेष्ट्रि गेट अगाडि बाट बसपार्कसम्म फोहोर खोज चुनौती र प्लाष्टिकजन्य सामाग्रीहरुको बिक्रि वितरण नियन्त्रण गर्न सचेतना अभियान कार्यक्रम आयोजना गरिने भएको छ ।

तेस्रो दिन जेठ १९ गते नगरभरी रहेका टोल विकास संस्थाहरुमा सरसफाई कार्यक्रम र प्राकृतिक वातावरणमा मेयर, उपमेयरसँग बालबालिका कार्यक्रम आयोजना गरिनेछ । चौथो दिन जेठ २० गते ‘फोहोरमैला व्यवस्थापनमा स्थानीय नागरिकको भूमिका’ विषयमा बाल क्लब स्तरीय निबन्ध लेखन प्रतियोगिता हुने भएको छ ।

यस्तै पाचौ दिन जेठ २१ गते वातावरणीय सचेतनामूलक साईकल याली तथा सम्मान कार्यक्रम हुनेछ । त्यस्तै छैठौं दिन २२ गते वृक्षारोपण कार्यक्रम र खेर गएका वस्तुहरुबाट उत्पादित सामाग्रीहरुको प्रतिष्पर्धा कार्यक्रम तय गरिएको छ । र अन्तिम दिन जेठ २३ गते कपडाको झोला वितरण र वातावरणीय सचेतना मूलक याली, सम्मान, पुरस्कार वितरण तथा सप्ताहव्यापी कार्यक्रम समापन गरिनेछ ।

सप्ताहव्यापी कार्यक्रमलाई सव्य र भव्य बनाउनका लागि टोल विकास संस्था, विद्यालय, खेलकुद संघ संस्था, क्लब, आमा समूह, स्वयंसेविका, धार्मिक, जातीय तथा सांस्कृतिक समूह, संचारकर्मी र नागरिक समाजका व्यक्तित्वहरुसंग समन्वय गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

समुदाय परिचालनका माध्यमबाट समावेशी, समतामुलक, वातावरणमैत्री दीगो विकास हासिल गर्न हेटौडामा २०५६ सालदेखि टोल विकास सस्थाहरु स्थापना गरिएको हो । नगरका प्रत्येक नागरिकहरुको सहभागितालाई अभिवृद्धि गराउँदै समग्र टोल, वडा तथा उपमहानगरपालिकाको विकासमा योगदान गर्न तथा विकासका अवधारणाबारे टोलका हरेक सदस्यहरुलाई जानकारी गराउँदै सचेत, समुन्नत, श्रञ्जनशील र विकसित हेटौडा बनाउन अभियानमा टोल विकास संस्थाले कार्य गर्दै आएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*