एआई सम्बन्धी विश्व सम्मेलन स्विट्जरल्यान्डमा शुरु

कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स एआई सम्बन्धी विश्व सम्मेलन स्विट्जरल्यान्डमा शुरु भएको छ । जेनेभामा आजदेखि आर्टिफिसियल इन्टेलिजेन्स फर गुड ग्लोबल समिटु शुरु भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घले संयुक्त राष्ट्र सङ्घका ४० वटा एजेन्सीसँगको साझेदारीमा र स्विट्जरल्यान्ड सरकारसँगको समन्वयमा सम्मेलन आयोजना गरेको हो । यस कार्यक्रमको उद्देश्य स्वास्थ्य, जलवायु, लैङ्गिक समानता, समावेशी समृद्धि र दिगो पूर्वाधारसहित विभिन्न विश्वव्यापी विकास प्राथमिकताहरूलाई अगाडि बढाउन एआईबाट लाभ उठाउनुरहेको खबरमा उल्लेख छ । कार्यक्रममा सरकारी अधिकारी, विज्ञ र प्रविधि उद्योगका उद्यमीलगायत गरेर २५ सय जना सहभागी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*