बागमती प्रदेशको बजेट ६४ अर्ब ५४ करोड
हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । धेरैजसो बजेट पुँजीगत खर्च र अरु बजेट चालु खर्चका लागि छुट्याइएको छ।
जसमध्ये चालुतर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार रुपैंया, पूँजिगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड अर्थात २.३२ प्रतिशत बजेट विनियोजन भएको छ ।