मकवानपुरमा जंगली च्याउ खाँदा प्रजाको मृत्यु, चार जना विरामी
हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर–७ मा जङ्गली च्याउ खाएर गम्भीर बिरामी भएका बल बहादुर प्रजाको मृत्यु भएको छ । च्याउ खाँदा गम्भीर बिरामी भएका ५५ बर्षीय बल बहादुर प्रजाको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बिरामी हुनेहरुमा मृतक प्रजाको श्रीमती जालीमाया, उनकी छोरी रेन्जु, सविना र छोरा सुुशील छन् ।