प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल

काठमाण्डौ – नेकपा एमाले र नेपाली कांग्रेसबीच सहकार्यको हल्ला चलिरहेको बेला आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

हिजो लामै समय छलफल गरेका प्रचण्ड र ओलीबीच आज पनि झन्डै तीन घण्टा एक्लाएक्लै छलफल भएको छ । छलफलमा अहिलेको सत्ता समीकरण कसरी बलियो बनाउने, शान्ति प्रक्रिया कसरी टुङ्गोमा पुर्‍याउने, बजेटको प्रभावकारी कार्यान्वयन गरेर आर्थिक अवस्थामा कसरी सुधार ल्याउने लगायतका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

एमाले र कांग्रेसबीच नयाँ समीकरण बन्न लागेको हल्लालाई प्रधानमन्त्रीको सचिवालयले गलत भएको दाबी गरेको छ । गएको शनिवार कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच बालकोटमा साढे दुई घण्टा लामो छलफलपछि माओवादी झस्किएको छ ।

कांग्रेसका नेताहरूले एमालेसँग चाँडै समीकरणबारे सहमति हुने बताउँदै आएका छन् । तर एमाले र माओवादीका नेताहरूले भने दुई जना नेताहरूबीचको छलफललाई बढाइचढाइ गर्न उचित नहुने तर्क गरेका छन् । आजको संसद् बैठकमा माओवादीका सांसद माधव सापकोटाले नेताहरू भेटेकै विषयलाई लिएर सत्ता समीकरण फेरिने हल्लाको पछि लाग्न नहुने बताउनुभएको छ । उहाँले दुई नेताबीचको विषयलाई लिएर सत्ता नै फेरिन थाल्यो रे भन्ने खालका ुहेडलाइनु बन्नु अचम्मको कुरा भएको बताउनुभएको हो ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति एवम् गृहमन्त्री रवि लामिछानेले पनि सत्ता समीकरण परिवर्तन नहुने र त्यसको सम्भावना पनि नरहेको बताउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*