पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

काठमाडौं । कास्कीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–२७ सहेलपाटामा बुधबार बिहान घरमाथिबाट आएको पहिरोले घर पुरिँदा २२ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

भीमबहादुरकी आमा ५० वर्षीया कमला थापालाई भने प्रहरीले सकुशल उद्धार गरेको छ ।

बुधबार बिहान करिब ४ बजेतिर घरमाथिबाट पहिरो खस्दा उनीहरु पुरिएका थिए । इलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरीले उन्लाई बिहान उद्धार गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*