राप्रपा,जसपा र जनमतले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

काठमाण्डौ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपा ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । सिंहदरबारमा आज बसेको जसपा संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक वीरेन्द्रप्रसाद महतोले जानकारी दिनुभयो । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट विभाजन भएर बनेको जसपाका प्रतिनिधि सभामा सात जना सांसद छन् ।

यस्तै जनमत पार्टीले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ । आज बसेको पार्टी बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको पार्टी प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिनुभयो । जनमत पार्टीको प्रतिनिधि सभामा छ जना सांसद छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको पार्टी संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो । प्रतिनिधि सभामा राप्रपाका १४ जना सांसद रहेका छन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले भोलि प्रतिनिधि सभामा विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले यो कार्यकालको १८ महिनामा ५ औँ पटक विश्वासको मत लिन लाग्नुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*