चितवनमा एक भारतीय नागरिकको शव फेला

चितवन । चितवनको भरतपुर महानगरपालिका २८ मा एक भारतीय नागरिकको शव फेला परेको छ ।

नारायणी नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । उनी भारतीय नागरिक ऋषि साह रहेको खुलेको छ ।

उनको साथमा रहेको रासन कार्डको आधारमा शवको पहिचान गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

शव भेटिएका व्यक्ति सिमलतालमा पहिरामा परेर त्रिशूलीमा खसेको बसका यात्रु हुनसक्ने अनुमान गरिएको छ । पुष्टि गर्न बाँकी छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*