रोटरी क्लब अफ हेटौंडामा नयाँ नेतृत्व सहितका कार्यसमितिको पदस्थापन

हेटौंडा । रोटरी क्लब अफ हेटौंडाको वर्ष २०२४–२०२५ का लागि नयाँ नेतृत्व सहितका कार्यसमितिको पदस्थापन गरिएको छ । रोटरी क्लब अफ हेटौंडा ३२ वर्ष पुरा गरी ३३ वर्ष लागेको अवसरमा नयाँ नेतृत्वको पनि सपथग्रहरण गरेर पदस्थापन गरिएको हो । सामाजिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको यस संस्थाले आगामी दिनहरुमा पनि सामाजिक कार्यलाई थप अगाडी बढाउने छ ।

रोटरी क्लबअफ हेटौंडाको अध्यक्षमा प्रकाश ढकाल र कार्यसमितिको पदस्थापन भएको हो । शनिबार हेटौंडामा भएको कार्यक्रमबाट रोट्रयाक्ट क्लब अफ हेटौडा र इन्ट्रयाक्ट क्लब अफ बालजागृतिको पनि पदस्थापन गरिएको छ ।

क्लबको वर्ष २०२३–०२४ का अध्यक्ष स्वागतराज प्याकुरेलको सभाध्यक्षता तथा रोटरी डिष्ट्रिक्ट ३२९२, जोन ३६ का ए।जी।रो विष्णुप्रसाद शर्माको प्रमुख आतिथ्यमा पदस्थापन कार्यक्रम भएको हो । प्याकुरेलले अध्यक्षको पद ढकाललाई हस्तान्तरण गर्नुभएपछि क्लबको ३३ औँ अध्यक्षको रुपमा रोटरी क्लबको वर्ष २०२४–०२५ मा पदस्थापित भएर क्लबका लागि विभिन्न पदमा सदस्यलाई जिम्मेवारी पनि प्रदान गर्नुभएको छ ।

क्लबको इलिक्ट अध्यक्षमा प्रमेश प्रधान, नोमिनी अध्यक्षमा अर्जुन सुवेदी, उपाध्यक्षमा हरिवंश भेटवाल, सचिवमा उमाप्रसाद रौनियार र कोषाध्यक्षमा रोशन सेन गुप्ता रोटरी वर्ष २०२४–०२५ का लागि चयन हुनुभएको छ । एक वर्षका लागि अध्यक्षमा निर्वाचित हुनुभएको ढकालले एक वर्षको कार्ययोजनाका बारेमा जानकारी गराउनुभएको छ ।

उहाँले माइक्रो क्रेडिट कार्यक्रम सञ्चालित समूहहरुमा सिलाईकटाई तथा सेनेटरी प्याड निर्माण सम्बन्धी एड्भान्स तालिम सञ्चालन गरी आत्मनिर्भर भई व्यवसाय सञ्चालनमा सहयोग पु¥याउने बताउनुभयो । राष्ट्रिय रोटरी मावि मनहरी र बालज्योति आधारभूत विद्यालय प्रतापपुरलाई ह्याप्पी स्कूलको अवधारणाअन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सहयोग गर्ने योजना प्रस्तुत गर्नुभयो ।

प्रत्येक वर्ष २ पटक गरिँदै आएको निःशुल्क आँखा शिविर यस वर्ष पनि सञ्चालन गरिने उहाँको योजना छ । पदस्थापना कार्यक्रमा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाध्यक्ष नवीन सिग्देलको विशिष्ट आतिथ्य रहेको थियो । चार्ट मेम्बर तथा पूर्वअध्यक्ष माधव अधिकारी, विजय अधिकारी र फस्ट लेडी अजिता ढकाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा इन्ट्रयाक क्लब अफ बाल जागृति अध्यक्ष विशेषमान श्रेष्ठ र र रोट्रयाक क्लब अफ हेटौंडाका अध्यक्ष सुमित्रा लामाको पनि २०२४०२५ का लागि उपदस्थापना भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*