नारायणी नदी किनारमा थप एक शव फेला

चितवन । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नम्बर ७ स्थित नारायणी नदी किनारमा थप एक शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान फेला परेको शव खोलाबाट निकालेर भरतपुर ल्याउने तयारी भइरहेको छ।

प्रहरीका अनुसार उक्त शव सिमलताल पहिरोमा परेका दुई बसमध्ये कुनै एक बसका यात्रुको हुन सक्ने आशंका गरिएको छ। यद्यपि, पुष्टी भने भएको छैन।

शुक्रबार राति पहिरोले बस बगाउँदा दुई बस त्रिशूलीमा खसेका थिए। चालकसहित दुई बसमा गरी ६५ जना रहेकोमा हालसम्म ५ जनाको शव फेला परेको छ। जसमा तीन जनाको सनाखत भइसकेको छ।

आज बिहान फेला परेको यो श‍व बसका यात्रु भए नभएको बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*