आज एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ – आज दिउँसो गण्डकी प्रदेशको एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । देशभर मनसुनी वायुको प्रभाव छ ।

आज काठमाण्डौ उपत्यकासहित देशभरको मौसम बदली रही हल्कादेखि मध्यम पानी पर्ने र एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाँउमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो ।

आजराति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाँउमा ठूलो पानी पर्ने सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो पानी पर्ने क्षेत्रमा रहेका स–साना नदीमा आकस्मिक बाढीको जोखिम हुनाले आसपासका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

आज सिन्धुपाल्चोक, दोलखा, रसुवा, धादिङ, गोरखा, लमजुङ, बाजुरा, बझाङ, दार्चुला र आसपासका जिल्ला भएर बग्ने साना नदीमा बहाव बढ्ने तथा केही नदीमा आकस्मिक बाढीकोसमेत जोखिम रहेको महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*