त्रिशूलीमा बेपत्ता दुई बसका यात्रुमध्ये १५ जनाको शव भेटियो

काठमाण्डौ – शुक्रवार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये अहिलेसम्म १५ वटा शव भेटिएको छ । विभिन्न ठाउँमा भेटिएका १५ मध्ये आठ वटा शवको परिचय खुलेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । अरू सात वटा शवको पहिचान गर्ने काम भइरहेको छ ।

गएको असार २८ गते शुक्रवार वीरगञ्जबाट काठमाण्डौका लागि छुटेको एञ्जल डिलक्स र काठमाण्डौबाट गौरका लागि छुटेको गणपति डिलक्स बस सिमलतालबाट त्रिशूली नदीमा खसेर हराएका थिए ।

ती बसमा रहेका ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । तीमध्ये अझै ४७ जना यात्रु र दुई बस बेपत्ता नै छन् । अन्य यात्रु र बसको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*