बधाई र शुभकामनाको लागि खादा र मालाको प्रयोग नगर्न ओलीको आग्रह

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बधाई तथा शुभकामना दिन डिजिटल माध्यमको प्रयोग गर्न अनुरोध गर्नुभएको छ ।

उहाँले आज सामाजिक सञ्जाल फेसबुकमार्फत समयको बचतका लागि बधाई तथा शुभकामना दिन चाहनेहरुलाई भेटेर खादा र माला दिनुको सट्टा सकेसम्म म्यासेन्जरको प्रयोग गरी सन्देश पठाउन आग्रह गर्नुभएको हो ।

विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्, प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ, प्रधानमन्त्री ओलीले लेख्नुभएको छ ।

गएको असार ३० गते उहाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको होे ।

प्रधानमन्त्रीसँगै नवनियुक्तमन्त्रीहरुलाई बधाई तथा शुभकामना दिन सिंहदरबारमा शुभेच्छुकहरुको चहलपहल धेरै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*