मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतवार विश्वासको मत लिने
काठमाण्डौ – बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आउँदो आइतवार विश्वासको मत लिने हुनुभएको छ । उहाँले यही साउन ६ गते बस्ने प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची बनाउन प्रदेश सभा सचिवालयलाई पत्र पठाउनुभएको छ ।
सत्ता गठबन्धन दलका नेतासँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने निर्णय गुर्नभएको हो । सङ्घीय सरकारमा समीकरण फेरिएसँगै प्रदेश सरकार अल्पमतमा परेको छ । कांग्रेस–एमालेको नयाँ समीकरण बनेपछि मुख्यमन्त्री जम्कट्टेललाई राजीनामा दिन अनुरोध गर्दै बाग्मतीमा कांग्रेसले मुख्यमन्त्रीका लागि दाबी गर्दै आएको छ ।