ओलीलाई विश्वासको मत नदिन रास्वपाको ह्वीप
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ।
आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले प्रस्ताव गर्ने विश्वासको मतको विपक्ष मतदान गर्ने निर्णय गरेको हो।
पार्टीका सबै सांसदहरूसँग घनिभूत छलफल गरेर सो निर्णयमा पुगिएको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
त्यसैगरी, सो दलले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन पनि पार्टीका सांसदहरुलाई ह्वीप जारी गरेको छ।
प्रमुख सचेतक परियारले भन्नुभयो ,‘सम्माननीय प्रधानमन्त्रीज्युले विश्वासको मत जो माग्नुभएको छ। त्यसमा पार्टीका सबै सांसदहरूले घतिभूत छलफल गरेर सो प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गर्यौं। र ह्वीप पनि जारी गरिसकेका छौं।’
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ।