मकवानपुरका निवृत्त शिक्षकहरु सम्मानित
हेटौंडा । नेपाल निवृत्त शिक्षक समाज मकवानपुरले आइतबार गुरु पूर्णिमाको अवसरमा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ । कार्यक्रममा १० जना ज्येष्ठ निवृत्त शिक्षकहरुलाई सम्मान गरिएको हो ।
समाजले ज्येष्ठ निवृत्त शिक्षकहरु वनमाली सुवेदी, विशाल कुमार बिडारी, शिवदयाल यादव, कृष्णप्रसाद न्यौपाने, इन्द्रमणि गौतम, माधवप्रसाद ढकाल, रामनरेश यादव, बद्रीप्रसाद गर्तौला, गोपीप्रसाद न्यौपाने र ‘राम–सावित्री नेपाली भाषा शिक्षक सम्मान’ बाट घनश्याम सापकोटालाई सम्मान गरेको हो ।
राम–सावित्री नेपाली भाषा शिक्षक सम्मान ध्रुव भुजेलको मातापिताको नाममा स्थापित गरिएको हो । समाजका अध्यक्ष सिताराम दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाल निवृत्त शिक्षक समाजका केन्द्रीय सचिव अभिमन्यू गौतम र जिसस मकवानपुरका सदस्य खड्गबहादुर पुलामीको विशेष आतिथ्यता रहेको थियो ।